नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपालको दोस्रो हार

 मंसिर १०, २०८१ सोमबार ६:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा चलिरहेको चौथो नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ६७ रनले पराजित भयो ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ७० रनले पराजित भएको थियो । बङ्गलादेशले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि भरत थापाले सर्वाधिक ३१ रन बनाए । बङ्गलादेशका अस्मोत अलीले २ विकेट लिए । त्यसअघि बङ्गलादेशले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।

बङ्गलादेशका आरिफ हुसेनले ५४ रन बनाए । नेपालका सुनिल मगर, भरत थापा, अमिस गुरागाईँ र दुर्गादत्त पौडेलले समान एक–एक विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल आज अफगानिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया