ताप्लेजुङकाे सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण सम्पन्न

 मंसिर १३, २०८१ बिहीबार १५:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : स्नो रिभर्सका निर्देशक राजेन्द्र भारतीकाे फेसबुकबाट

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण कार्य सम्पन्न भएको छ । परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित साढे १३ मेगावाट बिजुली पर्सि शनिवारसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयाजनाले जनाएको छ ।

निर्माण सम्पन्न भएपछि गएको आइतवारदेखि परीक्षण उत्पादन भइरहेको थियो । जलविद्युत् र प्रसारण लाइनको परीक्षण सफल भएसँगै अब पर्सि शनिवार राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभएको छ ।

विद्युतत् गृह रहेको रातेखोलाबाट ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत सुपर काबेली ए आयोजनाको बिजुली पाँचथरको दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनसम्म जोडिएको छ ।

स्नो रिभर्स लिमिटेडले २०७९ साल मङ्सिर २५ गतेदेखि सुपर काबेली ए जलविद्युत् आयोजनाको निर्माण शुरू गरेकाे थियो । यो आयोजनाको कुल लागत दुई अर्ब ६३ करोड २५ लाख रुपैयाँ हाराहारी रहेको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया