उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

 मंसिर १३, २०८१ बिहीबार १८:२६:३९ | रासस
unn.prixa.net

नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्याेगहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछि जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ ।

पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र त्याे पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताउनुभयो । उहाँका अनुसार केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा फोहर पानीले कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेका छन् ।

यसरी वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषण रोक्न र सारेकार भएकाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिनुभयो ।

जिल्लामा रहेका रसलान भोडका, वरुण वेभरेज, लुम्बिनी पेपर मिल, गोयनका प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले पशुचौपाया चरन गर्न नपाएका, कतिपय पशु मरेका, प्रदूषित पानीले खोलानाला दुर्थन्धित भई वातावरण दूषित गरिरहेको पाल्हीनन्दनका धरेन्द्र यादवले बताउनुभयो । उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताउनुभयो ।

उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायामा क्षति पुर्‍याएको स्थानीयवासीले निवेदन आएपछि अनुगमन गर्दा प्रदूषित पानी बगिरहेको पाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । समस्या समाधानका लागि उद्योगका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिकसहित छलफल गरी विकल्प खोजिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया