६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ । यूएईको दुबई क्रिकेट रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । यसअघि अस्ति शुक्रवार नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।
अहिलेसम्म आठ पटक एशिया कप खेलिसकेको नेपाल भने एक पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र श्रीलङ्काका युवा टोलीले खेल्दैछन् ।
प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।