काठमाण्डौ महानगरले शुरू गर्‍याे सानो गौचरन रङ्गशालाको पुनर्निर्माण

 मंसिर १३, २०८१ बिहीबार १५:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सानो गौचरन रङ्गशालाको पुनर्निर्माण शुरू गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शिलान्यास गरेसँगै आजदेखि सानो गौचरन रङ्गशालको पुनर्निर्माण शुरू भएको हो ।

रङ्गशाला पुनर्निर्माणका लागि शुभ कन्स्ट्रक्शनले १८ करोड ८६ लाख ७४ हजार आठ सय २७ रुपैयाँमा ठेक्का पाएको छ । रङ्गशालको पुनर्निर्माण आउँदो वर्षको चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रङ्गशाला पुनर्निर्माणको शिलान्यास गर्दै उपमेयर डङ्गोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो । विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उहाँले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राख्नुभयो ।

रङ्गशालामा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । रङ्गशालामा २८ वटा चार पाङ्ग्रे र एक सय ७८ वटा दुई पाङ्ग्रे गाडी अट्ने क्षमताको पार्किङ हुनेछ । रङ्गशाला नौ हजार दुई सय ११ दशमलव पाँच वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । रङ्गशालामा एक हजार पाँच सय पाँच जना दर्शक अटाउन सक्छन् ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया