दक्षिण कोरियामा एक शताब्दीपछिकै बाक्लो हिमपात, तीन जनाको ज्यान गयो

 मंसिर १३, २०८१ बिहीबार १८:२५:५९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

दक्षिण कोरियाको राजधानी सियोलसहितका क्षेत्रमा एक शताब्दीपछिकै बाक्लो हिमपात भइरहेको छ । सियोलमा नोभेम्बरमा सन् १९०७ पछिकै बाक्लो हिमपात भएको बीबीसीले जनाएको छ ।

राजधानीका केही भागमा ४० सेन्टिमिटरसम्म हिउँ जम्मा भएको गृह मन्त्रालयले जनाएको छ । हिजो बुधवार निकै बाक्लो हिउँ परेकोमा आज बिहानैदेखि थप हिमपात शुरू भएको खबरमा उल्लेख छ ।

हिमपातका कारण घर भत्किएर र चिप्लिएर तीन जनाको ज्यान गएको छ । हिजो र आज गरी दुई सय ५० वटा हवाई उडान स्थगित भएका छन् । राजधानी सियोलका धेरै सडक बन्द भएका छन् । कयाैं ठाउँमा विद्युत् विच्छेद भएको छ ।

सडक र अत्यावश्यक क्षेत्रबाट हिउँ हटाउन सरकारले ११ हजार जना कर्मचारी र २० हजार वटा उपकरण खटाएको छ । आज रातिदेखि हिमपात रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया