कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

 असार १२, २०७८ शनिबार ११:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर रहेका थिए ।

घटनामा हेलिकप्टरमा रहेका सबै सकुशल रहेका राष्ट्रपति दुकेका प्रवक्ताले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनापछि राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भनेर निन्दा गर्दै आफ्नो देश आतङ्कवादसँग लड्न सक्षम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया