आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको हो ।
तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको हो ।
नेपालले भने यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान पाउने छैनन् ।
यूएईले मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले लगाउन पाएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak bhusal
June 27, 2021, 8:02 p.m.वैदेशिक रोजगारी जाने श्रमिकको लागि खोप को ब्यवस्थापन गरि दिन नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय लाई हादिक अनुरोध छ।वैदेशिक रोजगारदाताले देश ले खोप अनिवार्य को नीति लियेको हुदा धेरै नेपाली श्रमिक येस बाट प्रभावित हुने निश्चिति भयेको हुदा बेलैमा नेपाल सरकारले येस तर्फ ध्यान दिनु अनिवार्य देखिन्छ ।