डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

 असार १७, २०७८ बिहीबार १४:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो ।

व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् ।

त्यसैले आवश्यक परेको अवस्थामा यस्ता विवरण आफै उपस्थित भएर उपलब्ध गराउन पनि दूतावासको अनुरोध छ । कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटिएम कार्ड, पिन कोड वा एटीपी कोड लगायत वैयक्तिक विवरण नमाग्ने गरेको दूतावासले जनाएको छ । 

यदि कसैले फोन गरेर वा अन्य माध्यमबाट यस्ता वैयक्तिक विवरण माग गरेमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४७४४४ वा ६६८१५७५७ मा सम्पर्क गर्न वा सम्बन्धित् बैंकलाई जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया