पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण

 साउन ३, २०७८ आइतबार ६:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइए पनि पुष्टि हुन बाँकी छ।

पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको दाबी गरेका छन् । तर यसबारे कुनै पुष्टि भएको छैन । अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ ।  यो घटनाले दुई देशबीच तनाव उत्पन्न गराएको छ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया