परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
सिन्धुपाल्चोक - बाढीग्रस्त मेलम्ची संरक्षण र पुनःस्थापनामा पूर्व विद्यार्थीहरू सक्रिय भएका छन् । बाढी पीडितको पुन:स्थापनामा स्थानीय सरकार मौन रहेको भन्दै उनीहरुले मेलम्ची संरक्षणमा जुटेका समूहलाई सक्दो सहयोग गर्ने बताएका छन् ।
इन्द्रेश्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुन:स्थापनामा अहोरात्र काम गरिरहेको समूहलाई सहयोग गर्ने भएको हो । यसका लागि उनीहरूले कार्यतालिका नै बनाएका छन् ।
मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन प्रभावकारी कार्यक्रम बनाउने पूर्व विद्यार्थी सागर श्रेष्ठले बताउनुभयो । मेलम्चीको पुनर्निर्माणमा काम गरिरहेको समुदायको प्रयासलाई प्रशंसा गर्दै आउँदो शनिवार मेलम्चीमा उपस्थित हुन उनीहरुले इन्द्रेश्वरी उच्च माविका २०४९ सालको एसएलसी ब्याचका सबै विद्यार्थीलाई आग्रह गरेका छन् ।
यस्तै, समिति बनाएर मेलम्ची पुनर्निर्माणको सहयोगार्थ सङ्कलन भएको सम्पूर्ण रकमको कम्तीमा १० प्रतिशत रकम समितिको पूर्व विद्यार्थी सहयोग कोषमा जम्मा गर्ने उनीहरुले बताएका छन् ।
यस्तै, बाढी पहिरो प्रभावितका लागि केही पूर्व विद्यार्थीले सहयोग रकमको घोषणा पनि गरेका छन् ।
प्रतिबद्धता भएको रकम र नाम यसप्रकार छ ।
१, यमनाथ चालिसे, ५०,००० रुपैयाँ
२, राजकिशोर श्रेष्ठ,५०,००० रुपैयाँ
३, सागर कुमार श्रेष्ठ, ३०,००० रुपैयाँ
४, विदुर कंडेल, ३०,००० रुपैयाँ
५, धरेन श्रेष्ठ, २५,००० रुपैयाँ
६, नवराज गिरि, २०,००० रुपैयाँ
७, भिम्सेन सापकोटा, २०,००० रुपैयाँ
८, विनिता श्रेष्ठ, २५,००० रुपैयाँ
९, दमन कुमार श्रेष्ठ , २०,००० रुपैयाँ
१०, राजकुमार डंगोल,२०,००० रुपैयाँ
११, विश्नु लाल श्रेष्ठ, १५,००० रुपैयाँ
१२, रिकेश श्रेष्ठ, १५,००० रुपैयाँ
१३, मन्जु भट्टराई, १०,,००० रुपैयाँ
१४, भरत अधिकारी, १०,००० रुपैयाँ
१५, अर्बिन्द्र श्रेष्ठ,१०,००० रुपैयाँ
१६, प्रेम श्रेष्ठ, १०,००० रुपैयाँ
१७, मन्जु खड्का (इजरायल), १०,००० रुपैयाँ
१८, कुमार सापकोटा, १०,००० रुपैयाँ
१९, सुरेश श्रेष्ठ, ५,००० रुपैयाँ
२०, सावित्री खड्का ५,००० रुपैयाँ
२१, गोपिनी गिरि, ५,००० रुपैयाँ
२२, सरस्वती गिरि, ५,००० रुपैयाँ
२३, अशोक केसी, ५,००० रुपैयाँ
२४, रेनुका श्रेष्ठ, ५,००० रुपैयाँ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।