भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।
इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।
सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ । इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ ।
आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् :
जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ । इजरायल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।
फारम भर्ने तरिका जान्न यहाँ क्लिक गर्नुहोस् :
पहिलो : विभागको वेबसाइट dofe.gov.np यो विभागको वेबसाइट हो । यो खेलेपछि नयाँ समाचार भन्ने शीर्षक देखिन्छ । त्यहाँ नै इजरायल रोजगारीको लागि भनेर एउटा सूचना छ । त्यहाँ क्लिक गर्यो भने त्यहीबाट नै आवेदन दिने ठाउँमा पुगिन्छ । त्यसको नाम https://ferms.dofe.gov.np/israel/login हो । यसमा सिधै जाँदा पनि हुन्छ । अथवा विभागको वेबसाइटबाट सिधै जाँदा पनि हुन्छ । यसरी आवेदन दिने ठाउँमा तपाईँहरू पुग्न सक्नुहुन्छ ।
आवेदन दिँदा जम्मा पाँच वटा सेक्सन छन् । एउटा व्यक्तिगत जानकारी(पर्सनल डिटेल) जहाँ आफ्नो व्यक्तिगत जानकारीहरू राख्नुपर्छ । त्यसपछि आफूले अध्ययन गरेको शिक्षाको जानकारी राख्नपर्छ । अनि चाहिँ तालिमको जानकारी र फोटो, पासपोर्ट र नागरिकता अपलोड गर्ने ठाउँ पनि छ ।
पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् :
अर्को भनेको प्रि भ्यू हो । तपाईँले भर्नुभएको हरेक सेक्सनको प्रि भ्यू हेर्न मिल्छ । त्यसमा इडिटको विकल्प पनि छ । यदि यसअघि भरिएका केही विवरण सच्याउन परेको छ भने तपाईँले त्यहाँ क्लिक गरेर गलत भएका कुनै पनि कुरालाई सच्चाउन सक्नुहुन्छ । यति गरिसकेपछि तपाईँ पुग्नुहुन्छ ‘सेल्फ डिक्लेरेसन’मा । यसको अर्थ के हो भने मैले यहाँ तोकिएका सबै कुरामा राजी छु भनेपछि फारम सबमिट हुन्छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको जुन सम्झौता छ त्यसमा श्रम स्वीकृति जुन बेला दिन्छौँ, त्यो बेला पासपोर्टको म्याद तीन वर्षको हुनुपर्छ भनेर भनिएको छ । यो अनिवार्य हो ।
तर आवेदन दिने बेला हामीले के सुविधा दियौँ भने कम्तीमा ६ महिना पासपोर्टको म्याद छ भने आवेदन दिन मिल्छ । हामी के बुझ्न पर्यो भने सिस्टममा छिर्नका लागि रजिस्ट्रेसन अनिवार्य छ । अर्थात् तपाईँले आफ्नो पासपोर्ट नम्बर, आफ्नो सेक्युरिटीको नम्बर के राख्ने, माेबाइल नम्बर र इमेल राख्नुपर्छ । यदि यी कुरा सबै सही छ भने बल्ल लगअन हुन्छ ।
यति लगअन भइसकेपछि मात्रै बल्ल तपाईँ सिस्टममा जानुहुन्छ । सिस्टममा लगअनको लागि यूजर आइडी भनेको तपाईँको पासपोर्ट नम्बर राख्न पर्यो । पासपोर्टमा जे उहाँले सिस्टममा सेभ गर्नुभएको छ त्यो राख्न पर्यो । त्यति गरेर स्टिम भित्र छिरेपछि त्यसमा विभिन्न कुराहरू आउँछन् ।
जस्तै पहिले इजरायलमा काम गर्नुभएको छ कि छैन ? छ या छैन भन्ने विकल्प आउँछ । त्यसमा छ भने तपाईँलाई सिस्टमले अघि बढ्न दिँदैन । यदि छैन भने मात्रै तपाईँलाई अघि बढ्न दिन्छ । त्यस्तै तपाईँका आफन्त(बुवा आमा, दाजुभाइ आदी) कोही इजरायलमा छ कि छैन त्यो पनि आउँछ त्यसमा पनि नो भयो भने मात्र अघि बढ्न दिन्छ ।
अब बाँकी कुरा भनेको तपाईँले त्यहाँ पासपोर्ट र जन्म मिति हालेर सर्च गर्नासाथ सबै तपाईँको विवरणहरू आउँछ । अर्थात् विभागको सिस्टम राहदानी विभागसँग पनि जोडिएको हुनाले स्वतः त्यहाँ विवरणहरू आउँछ । राहदानी विभागमा भएको विवरण आफैँ आउँछ । जस्तै नाम, उमेर, लिङ्ग लगायतका कुराहरू ।
नेपालीमा आफ्नो नाम के हो भनेर चाहिँ भर्न पर्छ । त्यहाँ मागिएको कुरा सबै अनिवार्य होइन । जस्तो राष्ट्रिय परिचय पत्र आफूसँग छ भने नम्बर राख्ने हो छैन भने पर्दैन । त्यो बिना पनि फारम भर्न पाइन्छ ।
अर्को भनेको प्यान नम्बर । यो पनि छ भने मात्रै भर्ने हो । अर्थात् रातो टिक भएको कुराहरू चाहिँ अनिवार्य हो । जुनमा रातो टिक छैन ती कुराहरू छन् भने मात्र भर्ने हो छैन भने नभर्दा पनि हुन्छ । त्यो अनिवार्य होइन ।
जबसम्म सबमिट हुँदैन तबसम्म सिस्टममा भरिएका सबै कुराहरू सेभ भएर बसेका हुन्छन् । जस्तै मैले व्यक्तिगत जानकारी भरेँ । तर मैले शैक्षिक योग्यताको कागजात स्क्यान गरेको छैन भने सिस्टमबाट लगआउट भएँ भने फेरि पुन : लगअन गर्दा यसअघि भरेको विवरण सेभ भइरहेको हुन्छ ।
तपाईँले पुनः लगअन गरेर बाँकी कागजात र विवरण भर्न सक्नुहुन्छ । यो सुविधा हरेक चरणमा हुन्छ । फाइनल गरेर सबमिट नगर्दासम्म सबै विवरणहरू हुन्छन् । त्यस कारण हतारिएर भर्न आवश्यक छैन । बिस्तारै सबै प्रक्रिया पूरा गरेर मात्र भर्नुपर्छ ।
१. इजरायल रोजगारीको लागि वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत सजिलै भर्न सकिन्छ । विभागको वेबसाइटमार्फत आवेदन दिने लिङ्कमा पुग्न सकिन्छ । या सिधै आवेदन दिने लिङ्क मै क्लिक गर्दा पनि हुन्छ ।
२. आफ्नो नाम र सही मोबाइल नम्बर राखेर रजिस्टर्ड गर्ने ।
३. सिस्टममा गएर पासपोर्ट नम्बर र जन्म मिति सही राख्ने ।
४. आवेदकको पासपोर्टको म्याद कम्तीमा पनि ६ महिनाको हुन पर्छ ।
५. हाइट र तौल मिलेको हुनु पर्यो । नत्र आवेदन सबमिट नहुन सक्छ । अर्थात् इजरायल जानको लागि विभागले तोकेको मापदण्डहरु आफूले पुरा गरेको हुुनुपर्यो । योग्य हुन पर्यो ।
६. एसएलसी वा एसईई गरेको मानिसले अनमी वा सीएमए गरेको हुनपर्यो । तपाईँहरुले अनमी र सीएमएको नहाल्ने तर केयर गिभिङको हाल्नुभयो भने त्यो पाइँदैन । यसमा झुक्किन भएन । शैक्षिक योग्यता एसएलसी वा एसईई गरेकाले अनमी वा सीएमए गरेको हुनपर्छ । प्लस्टु गरेको हुनुुहन्छ भने तपाईँले केयर गिभिङको तालिम लिएको हुन पर्यो । यसलाई सिस्टमले नै नियन्त्रण गरेको हुन्छ । त्यस कारण सही कागजात अपलोड गर्नुपर्छ ।
७. आफूले भरेका विवरण र राखेका कागजातको जाँच गरेर मात्र सबमिट गर्नुहोस् ।
८. फारम भर्ने क्रममा त्यहाँ राखिएको सूचना पढ्नुहोस् । ताकी फारममा गलत नहोस् ।
फारम कसरी भर्ने भनेर हामीले सूचना राखिदिएका छौँ । फारम भर्नुअघि त्यो पनि हेर्नुपर्छ । यति गर्दा पनि फारम भर्न कुनै समस्या भएमा या जानकारी चाहिएमा सम्पर्क गर्न पनि सकिन्छ । ११४१ नम्बरमा एनटिसीकाे नम्बरबाट निःशुल्क फोन गर्दा हुन्छ । एनसेल नम्बर चलाउनुहुन्छ भने भने ९८०१८०००१३ मा फोन गर्न सकिन्छ । यो नम्बरमा प्रक्रिया नबुझेमा सम्पर्क गर्न सकिन्छ ।
दोस्रो :
लगअन गर्ने ठाउँमा पनि सपोर्ट भनेर विकल्प राखिएको छ । त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँ यी सम्पर्क नम्बरहरू पनि उपलब्ध छन् । यसका साथै त्यहाँ आफूलाई परेको समस्या, इमेल ठेगाना, फोन नम्बरसहित राख्नुहोस् ।
आफूलाई परेको समस्याको स्क्रिन सट पनि राखिदिनुभयो भने त्यहाँ भएको समस्या के हो र के गरेर मिलाउन सकिन्छ भनेर तत्कालै त्यसमा भएको गल्तीलाई सच्याउन सक्छौँ । यो चाहिँ सिस्टममा भएको समस्यामा मात्रै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak Bist
Aug. 5, 2021, 5:44 p.m.Thanks for the isreal and nepal embassy
Ichchha kala rai
Aug. 4, 2021, 12:54 p.m.I'm interested
Rocky chand
Aug. 2, 2021, 3:28 p.m.I wanna go for Israel I need job so can I go there this for big opportunity thank you
Rohit roy
Aug. 1, 2021, 10:10 p.m.I am going
Narayan khatri
Aug. 1, 2021, 11:05 a.m.M intrestet
Gita rai
Aug. 1, 2021, 8:55 a.m.Intrested candidate
Prakash b.k.
July 31, 2021, 5:25 p.m.I want to go Israel working visa
Dipendra Bahadur thapa
July 31, 2021, 10:14 a.m.I went job
वीर बाहादुर श्रेष्ठ
July 31, 2021, 1:16 a.m.कृषि क्षेत्रमा
Kunsang Maya syantan
July 30, 2021, 11:07 p.m.मलाई पनि इजरायल जान धेरै मन छ /
Rudra Bahadur gurung
July 30, 2021, 2:59 p.m.I'm interested
Krishna prasad poudel
July 30, 2021, 9:51 a.m.I want to go isrel
Nepal,Shankar
July 30, 2021, 9:21 a.m.Nice to hear
महेन्द्र सिङ्ह बोहरा
July 30, 2021, 8:51 a.m.मैले जति कोसिस गर्दा नि भर्नु सकिन यो पास्पोर्ट र नया पास्पोर्ट माग्छ तर त्यस्मा जे राख्दा नि भयेन किर्पया त्यो कसरी भर्ने जान्कारी पाये हुने थियो
Pradip dallakoti
July 30, 2021, 6:50 a.m.Farmers
Ajip chamling
July 30, 2021, 5:54 a.m.I am very fond of illness people because i know how it feels to be taken care of . To be part of effort for someone for making their health strong is really a pleasure for me and ensure their good health both physically and mentally. I am currently doing this now and be doing in future too.and i am very desperately seeking for job.i hope to get a fine response from your company.
Shiva
July 30, 2021, 4 a.m.Thanks for the Israel and Nepal embassy
Finju sherpa
July 29, 2021, 10:33 p.m.Good
Bhojraj ghimire
July 29, 2021, 9:45 p.m.I want to go
Krishna kant mandal
July 29, 2021, 7:40 p.m.I have a pasport aim interested
BINDUS THUPU
July 29, 2021, 5:30 p.m.Visa mag call me ra salary kati
राजु रिजाल
July 29, 2021, 4:27 p.m.Dhyanbad
Dhundiraj khanal
July 29, 2021, 3:55 p.m.I want to go Israel working visa
Sabi tumbapo
July 29, 2021, 3:35 p.m.Hello I'm sabi I went job.