काठमाण्डौबाट यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
माघ ९, २०८१ बुधबार
काठमाडौं – बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।
मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए ।
मोदी विमानस्थलबाटै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पशुपतिमा पूजाअर्चनापछि सम्मेलनमा भाग लिन सोल्टी होटल जाने कार्यक्रम छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओचा पनि केहीबेरमा काठमाडौं आइपुग्दै हुनुहुन्छ ।
विशिष्ट पाहुना आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अरु उडान र अवतरण बन्द गरिएको छ । बिहान सवा ८ देखि साढे १० बजेसम्म उडान र अवतरण प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बिमस्टेक सम्मेलनमा आएका पाहुनाको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात आज पनि प्रभावित भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट होटल सोल्टिसम्म गाडी प्रवेशमा रोक लगाइएको छ ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भुपाल
Oct. 17, 2019, 3:38 p.m.बिना कुनै हल्लाले आए मोदी प्रधानमन्त्री चिन को चिन्ता र बहाना बिस्मिटीक को। नेपाल सित सम्बन्ध राम्रो बनाउने भए नेपाल भारत सीमा अतिक्रमण र हस्तक्षेपको अन्त्य गर्नु मोदि सरकार।
Bhubanand pandey
Oct. 10, 2019, 9 a.m.भारत र नेपालको लागि विकाशको मौका छ /