दाङमा आँखामा लाग्ने ‘भाइरल भाइरस’का सङ्क्रमित बढे

 साउन २३, २०७८ शनिबार १२:८:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा मानिसको आँखामा लाग्ने भाइरल भाइरस संक्रमणका बिरामी बढेका छन् । तुल्सिपुरको रक्षाचौरमा रहेको राप्ती आँखा अस्पतालमा पछिल्लो एक हप्तामा दैनिक  तीन सय ५० जना सम्म बिरामी परीक्षणका लागि आउने गरेको र तीमध्ये दैनिक ५०/६० जनामा भाइरल भाइरस संक्रमण भेटिने गरेको अस्पतालका बाह्य कार्यक्रम अधिकृत सालिकराम गौतमले जानकारी दिनुभयो ।

गएको एक हप्ताको अवधिमा भाइरल संक्रमणका बिरामी बढेको आँखा अस्पतालले जनाएको छ ।  दैनिक एक सय देखि २ सय सम्म बिरामी आउने गरेकोमा अहिले भने दैनिक उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको छ ।

भाइरल भाइरसको संक्रमण हुँदा आँखा रातो हुने, आँखा बिझाउने, उज्यालोमा हेर्न गाह्रो हुने, विस्तारै आँखा धमिलो हुँदै जाने जस्ता लक्षण देखिने गरेको छ ।​

वर्षायाममा भाइरसहरु सक्रिय हुने भएकाले यस्तो संक्रमण बढी हुने गरेको गौतमले बताउनुभएको छ । एकजनामा आँखाको समस्या देखिएमा तुरुन्त आँखा जँचाउनु पर्छ भन्ने चेतनाको कमी, वर्षामा आँखा पाक्छ भनेर सामान्य रुपमा लिँदा पनि भाइरल भाइरस धेरैमा फैलने गरेको छ ।

 यस्ता लक्षण देखिएमा आँखामा जथाभाबी औषधि प्रयोग नगरी आँखा अस्पतालमा गएर परीक्षण गराउन उहाँले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया