भारतले अाफ्नाे ‘नेसनल नलेज नेटवर्क’ नेपालमा पनि विस्तार गर्छ: भारतीय प्रम माेदी

 भदौ १४, २०७५ बिहीबार १७:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौंमा जारी चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकका सदस्य राष्ट्रहरु लागुऔषध ओसारपसार र अन्तरदेशीय आतंकवादको समस्याबाट छुटकारा पाउन एकजुट हुनुपर्ने बताउनुभएको छ ।

उहाँले हिमालय र बंगालको खाडी क्षेत्रका बिमस्टेक राष्ट्रहरु बाढी, भूकम्प जस्ता प्राकृतिक प्रकोप आइरहने हुँदा सबैले एक अर्कामा मानवीय सहयोग तथा प्रकोप राहतका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्नेहरुका लागि तालीमको व्यवस्था गर्न भारत तयार रहेको बताउनुभयो ।

उहाँले कला, संस्कृति सामुद्रिक कानुन आदि विषयको अनुसन्धानका लागि नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडीजको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले आफ्नो ‘नेसनल नलेज नेटवर्क’ लाई श्रीलंका, भुटान तथा नेपालमा पनि विस्तार गर्नका लागि पहिलेदेखि नै प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

यस बाहेक सन २०२० मा भारतले अन्तरराष्टिय बौद्ध कन्क्लेभको आयोजना गर्ने भएकाले बिमस्टेक राष्ट्रका प्रतिनिधिहरुलाई स्वगत गर्न आतुर रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया