बाबुराम भट्टराईले भने : ओलीको प्रस्तुति सम्मानजक, सैनिक अभ्यासमा जोड चाहिँ पचेन

 भदौ १४, २०७५ बिहीबार २०:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बिमस्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यामा जोड दिएको आफूलाई मन नपरेको बताउनुभएको छ । 

पूर्व प्रधानमन्त्रीको रुपमा बिमस्टेकको अवलोकन गरे पनि भट्टराईले ट्वीटमार्फत सम्मेलनको सुरुवात राम्रै रहेको तर बिमस्टेकका सदस्य देशले सैन्य अभ्यासमा जोड दिएको मन नपरेको बताउनुभएको हो । 

 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलकिो प्रस्तुति सम्मानजक रहेको पनि उल्लेख गर्नुभएको छ । भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्जनभन्दा बढी कार्यक्रम घोषणा गरेर भारतको प्राथमिकताको राम्रै संकेत गरेको पनि बताउनुभएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विकास नीतिबारे लोभलाग्दो जानकारी दिएको र अरुको प्रस्तुति पनि ठिकै रहेको जनाउनुभएको छ । 

 

बिमस्टेकको सदस्य देशका सैनिकहरुले अर्को महिना संयुक्त रुपमा भारतमा सैन्य अभ्यास गर्दैछन् । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया