विराटनगर र पाेखराबीचकाे खेल 'सुपर ओभर' मा
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको घोराहीमा शहीद नेत्रलाल अभागीको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका १५ सिटि प्लाजा होटल अगाडीको चोकमा स्थापना गरिएको अभागीको सालिक लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बीच आज अनावरण गर्नुभएको हो ।
कार्यक्रममा बाेल्दै पोख्रेलले शहीदको सम्मान र आदर्शको सुरुवात भएको बताउनुभयो । यस्तै उहाँले कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको योगदानलाई जीवन्त राख्न सालिक विम्वकोरुपमा रहने पनि बताउनुभयो । घोराही उपमहानगरपालिकाले केही महिना पहिले त्यस स्थानमा कम्युनिष्ट नेता अभागीको सालिक राख्न दिने निर्णय गरेअनुसार उपमहानगरपालिकामा लुम्बिनी प्रदेश सरकारले पठाएको १५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको हो ।
वि.स. २००१ साल पुस २७ गते दाङको तत्कालीन धर्ना गाविस २ सिसैपुर गाउँमा जन्मिनुभएका नेत्रलालले २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्नुभएको थियो । अभागीले शोषक सामन्तीहरुलाई मोसो दल्ने जस्ता जनकार्वाहीको अगुवाइ समेत गर्नुभएको थियो । आफ्नो जीवन पार्टी र समाज परिवर्तनका लागि लगाउनुभएका अभागी २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि देउखुरी जाँदै गर्दा तत्कालीन चैलाही गाविस सुकेखोलाको किनारमा मृत भेटिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।