फ्राइडे रिलिज: मेरी मामु, बिमस्टेक सम्मेलनले व्यापारमा असर

दोस्रो सातामा ‘नाई नभन्नू ल ५’

 भदौ १५, २०७५ शुक्रबार १२:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

आज शुक्रबारबाट सिनेमा ‘मेरी मामु’ प्रदर्शनमा आएको छ ।  

देशभर एकसाथ प्रदर्शनमा आएको यो सिनेमालाई नेपालमा आयोजना भएको बिमस्टेक सम्मेलनले असर पारेको छ । 

शुक्रबार बिहानको शोमा ४० प्रतिशत अकुपेन्सी रहेको यो सिनेमाको दिउँसोका शोहरुमा केही राहत मिल्ने देखिएको छ । निर्माता सन्तोष सेनले शुक्रबारको तुलनामा शनिबारदेखि सिनेमाको कारोबार राम्रो हुने सम्भावना रहेको बताए । 

सेनले निर्माण गरेको यस सिनेमामा उनकै ७ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् । 

यसबाहेक सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी, भुवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बिक्रम लामा र एन्जीला खत्रीको नृत्य रहेको ‘मेरी मामु’मा अस्ट महर्जनको द्वन्द, पुरुषोत्तम प्रधानको छायाँकन अनि बनिश बिक्रम शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
रेशम जंग शाह कार्यकारी निर्माता रहेको यस सिनेमामा यम थापाको लेखन तथा निर्देशन रहेको छ । यो सिनेमाले आमा र छोराबीचको सम्बन्ध र मायालाई देखाएको छ । 
त्यस्तै गत सातादेखि प्रदर्शनमा आएको सिनेमा ‘नाई नभन्नू ल ५’ ले आजदेखि दोस्रो साताको यात्रा तय गरेको छ । पहिलो सातामा सफलतापूर्वक कारोबार गरेको सिनेमाले दोस्रो सातामा गरेको कारोबार नाफामा जानेछ । 

तर नेपालमा आयोजना भएको बिमस्टेक सम्मेलनले यो सिनेमाको कारोबारमा पनि गएको बुधबारदेखि नै असर पारिरहेको छ । 

सिनेमाले गर्नुपर्ने जति कारोबार गरिरहेको छैन । सरकारले बिमस्टेकलाई असर नपर्ने गरी लागू गरेको सवारी साधनको जोर बिजोर प्रणालीले सिनेमाको कारोबारमा भने असर परेको छ । 

यस सिनेमामा अनुभव रेग्मी, प्रियंका कार्की, निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसै सिनेमाबाट अभिनेता अभिषेक नेपाल र बाल कलाकार स्याड्रिना शर्माले डेब्यु गरेका छन् ।

सिनेमामा इलाम र झापाका सुन्दर दृश्यहरु कैद गरिएको छ । वन टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् । 

सिनेमाका कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन् । 

यस सिनेमालाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको सिनेमामा  अर्जुन जिसीको सम्पादन छ ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया