जाँदाजाँदै भारतीय प्रधानमन्त्री मोदीले नेपालीमै ट्वीट गरेर धन्यवाद दिए

 भदौ १५, २०७५ शुक्रबार १९:४८:३३ | उज्यालो सहकर्मी

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता हुनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिदाई गर्नुभएको हो । 

जाँदाजाँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गर्दै काठमाडाैंमा अद्भूत एवं फलदायी बिमस्टेक सम्मेलन आयोजना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ । 

 

त्यस्तै उहाँले आफ्नो नेपाल भ्रमणका क्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मियता प्रति आभार प्रकट गर्दै यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गहिरो बनाउने बताउनुभएको छ ।

 

 

बिमस्टेकको चौथो शिखर सम्मेलनको समापनपछि आजै अन्य केही विशिष्ट पाहुनाहरु पनि स्वदेश फर्कनु भएको छ ।

 

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र बंगलादेशी प्रधानमन्त्री शेख हसिना पनि स्वदेश फर्कनु भएको छ । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramu

    Aug. 31, 2018, 8:58 p.m.

    नमस्कार म भारतको चेन्नईदेखि भारत र नेपालको बारे भन्नुपर्दा मोदीले नेपाल माथि धेरै झुठ बोल्नु भएको छ / यो भन्दा करिब ३ बर्ष अघि भारतवाट नेपालको कल सस्तो गराउने भन्नुभएको थियो , खै गरेको ? अहिले पनि मिनेटको १२ नै छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया