विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको तुलसीपुरमा रहेकोे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । डा. सिंहलाई दुर्व्यवहार गर्ने मुख्य व्यक्तिलाई आज बिहान पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेकाे एसपी काफ्लेले बताउनुभयो । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
यसैबीच राप्ती प्रादेशिक अस्पतालको आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सेवा आज चौथो दिन पनि ठप्प रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टमाथि दुर्व्यवहार भएपछि दोषीहरूलाई कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको सेवा ठप्प पार्ने आन्दोलनरत चिकित्सकको भनाइ छ ।
२२ अस्पतालको सेवा आज पनि ठप्प
दाङका २० बढी स्वास्थ्य संस्थाले संयुक्त विज्ञप्ति निकालेर आकस्मिकबाहेकका सेवालाई ठप्प पारेका छन् । जिल्लाका स्वास्थ्यकर्मी र चिकित्सकले डाक्टर विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई छिटो भन्दा छिटो कानुनअनुसारको कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालमा अहिले आकस्मिक, डायलासिस र सुत्केरी सेवाबाहेक अन्य सेवा ठप्प रहेको छ । स्वास्थ्य सेवा प्रभावित हुँदा दैनिक उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ । अस्पतालको सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिरामीहरू निजी मेडिकलमा उपचारका लागि जान बाध्य भएका छन् । चिकित्सकहरूले गएकाे शुक्रवारदेखि आन्दोलन सुरु गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।