इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो
माघ ९, २०८१ बुधबार
काठमाडौं – भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्कन लाग्नुभएको छ । क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका वाङचुक आज स्वदेश फर्कन लाग्नुभएको हो ।
शुक्रबार लुम्बीनी पुग्नुभएका उहाँ फर्कर्ने बेला भएकाले अहिले काठमाडौंको सोल्टीमोड देखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलसम्मको बाटोमा अरु गाडी चलाउन रोक लगाइएको छ । अहिले सिनामंगल बानेश्वर पानी ट्याङकी, हनुमानथान, कुण्डोल, सिंहदरबार, बाफल, ताहचल मोड, चुचेपाटी, गौरीघाट हुँदै गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै कोटेश्वर, तीनकुने, सिनामंगल, गौसला, बालाजुबाट रिङरोड प्रवेश गर्ने गाडीलाई पनि चलाउन दिइएको छैन । यसले गर्दा केही समय आवागमन ठप्प हुने छ । सकेसम्म यो बाटोको विकल्प रोज्न ट्राफिक प्रहरीको सुझाव छ । यसैगरि अहिले साढे ८ बजेपछि केहिबेर विमानस्थलबाट हुने सबै उडान र अवतरण बन्द हुने भएको छ । यस्तै, विम्स्टेकमा भाग लिन आउनुभएका श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना भोलि मात्रै फर्कनुहुनेछ । उहाँ आज लुम्बिनी गएर भोलि मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान व चा शुक्रबार नै स्वदेश फर्कनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।