काठमाण्डौबाट यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
माघ ९, २०८१ बुधबार
काठमाडौं – नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका प्रमाण प्रहरी प्रशासनले नै नष्ट गरेको आरोप लागएको छ ।
महेन्द्रनगर पुगेर स्थलगत अवलोकन गरी तयार पारेको प्रतिवेदनमा प्रहरी अपराधीलाई समाउन भन्दा पनि उसलाई जोगाउन लागि परेको आरोप लगाइएको छ । घटनाका बारेमा छानविन गर्न गृहमन्त्रालयले पठाएको टोलीले उचित प्रमाणको अभावमा छानविन कार्यलाई अघि बढाउन नसकेको निष्कर्ष निकालिएको छानविन टोलीका एक सदस्यले उज्यालोलाई जानकारी दिए ।
कांग्रेसले यस बारेमा तयार पारेको प्रतिवेदन आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै छ । कांग्रेसले घटनाका दोषी पत्ता लगाई कारवाही गर्न, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई छानविन र कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।
कञ्चनपुरकी निर्मलाको एक महिनाअघि बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्याका बारेमा छानविनमा चासो नदेखाएको भन्दै प्रदर्शन चर्काए पछि गृहमन्त्रालये छानविन टोली नै गठन गर्नु परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।