बाग्लुङमा अलैँची खेतीबाट एकै वर्षमा ६ करोड बराबरको आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समयसीमा मंगलबार सकिएको छ ।
नयाँ दलमा जान चाहने जनप्रतिनिधिले आयोगले दिएको समयसीमाभित्र सनाखत गरेका छन् । कहाँ कसले नयाँ दल रोजे भनेर विस्तृत विवरण आउन केही दिन लाग्ने आयोगले जनाएको छ । प्रारम्भिक विवरणमा भने स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको उपस्थिति कमजोर देखिएको छ ।
प्रदेश १ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १ सय ८२ जनाले एकीकृत समाजवादी रोजेका छन् । वाग्मतीमा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लाका २ सय ४१, गण्डकीमा ४४, लुम्बिनीमा ७८, कर्णालीमा ३ सय ४० र सुदूरपश्चिममा २ सय १० जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । प्रदेश २ बाट एमाले छोड्ने जनप्रतिनिधिको संख्या यकिन भैसकेको छैन । रसुवा र गुल्मीका सबै जनप्रतिनिधि एमालेमै रहेका छन् । कास्कीमा ४, गोरखामा ३, म्याग्दीमा ३ र मुस्ताङमा १ जना मात्रै एकीकृत समाजवादीमा लागेका छन् ।
वि.स. २०६४ को स्थानीय चुनावमा एमालेले दुई महानगरपालिका र सात उपमहानगरसहित १२३ नगरपालिकाको प्रमुख, सात उपमहानगरसहित १३७ नगरमा उपप्रमुख, १७१ गाउँपालिका अध्यक्ष, १९४ उपाध्यक्ष र २५६० वडाध्यक्ष जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।