इङ्गल्यान्डका आर्चर आईपीएलको अक्सनमा सहभागी हुने
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर – वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।
मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । नेकपा एमाले वाग्मती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ राज्यमन्त्री बन्ने पक्का भएको छ । मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भैसकेको छैन ।
पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् । गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । वाग्मतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उहाँको सरकार अल्पमतमा परेको हो । उहाँले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।