सभामुख एकलौटी रुपमा अघि बढ्दा संसदमा नहुनुपर्ने गतिविधि भए : एमाले

 भदौ २६, २०७८ शनिबार १३:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा एकलौटी रुपमा अघि बढ्दा संसद बैठकमा नहुन पर्ने गतिविधि हुन थालेको जनाएको छ ।

प्रतिपक्षी तथा संसदको सबैभन्दा ठूलो दलसमेत रहेको एमालेसँग कुनै छलफल नै नगरि अघि बढ्दा समस्या निस्किएको एमालेको ठहर छ।

स्थायी कमिटीको बैठकपछि एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले फुटाउन भूमिका खेलेको आरोप लागेपछि सभामुखले चित्तबुझ्दो जवाफ दिएर संसद चल्ने अवस्था बनाउनुपर्नेमा पेलेर अघि बढ्नु आपत्तिजनक विषय भएको बताउनुभयो ।

सभामुख संसदको नेता हुनुपर्नेमा उहाँ सत्तापक्षको मात्रै नेताको रुपमा प्रस्तुत भएकाले एमालेका सांसदहरु आक्रोशित हुनु स्वाभाविक भएको भट्टराईको भनाइ छ।

कार्यव्यवस्था परामर्श समितिको बैठक पनि नबस्ने र संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिइनु गम्भीर आपत्तिको विषय भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो। यसैबीच, एमाले स्थायी कमिटीको बैठक आजै दिउँसो साढे ३ बजे बस्ने गरी स्थगित भएको छ।

विधान महाधिवेशनका विविध विषय टुङ्गो लगाउन बिहान बसेको बैठक केहीबेर बसेर स्थगित भएको छ ।

केहीबेरमा बस्ने बैठकले विधान महाधिवेशनको विधान, अधिवेशनमा सहभागी प्रतिनिधि र व्यवस्थापन लगायतका विषय टुङ्गो लगाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया