मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसले थप नौ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा, कपिलवस्तु र कैलालीको विवाद टुंग्याएको हो ।
निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै सार्वजनिक गर्ने वा सबै जिल्लाको विवाद मिलेपछि एकै पटक सार्वजनिक गर्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । विवाद देखिएका बाँकी ११ जिल्लामा पनि छिट्टै क्रियाशील सदस्यता टुङ्ग्याइने कार्यदलले जनाएको छ ।
कांग्रेसको अहिलेसम्म डडेल्धुरासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै अस्वीकार गर्ने बताएको छ । पौडेल पक्षले क्रियाशील सदस्यतामा पार्टी नेतृत्वले अनियमितता गरेकोसमेत आरोप लगाउँदै आएको छ । कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डाैमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।