मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधि सभालाई सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुखको ध्यानाकर्षण गराएको छ । आज बुधवार पार्टीका महासचिव ईश्वर पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा प्रतिनिधि सभा सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराइएको छ ।
प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको जस्तो गरी सरकारले भ्रम सिर्जना गरेको पनि विज्ञप्तिमा बताएको छ । ‘यति बेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधि सभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यस बीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढङ्गले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद् अधिवेशन स्थगित गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
आफूलाई इच्छा लागेको बिजनेस स्वेच्छाचारी ढङ्गले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्से झैँ हाउस असोज ४ गते किन सारियो भनेर महासचिव पोखरेलले प्रश्न सोध्नुभएको छ ।
आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय सङ्कटको परिस्थिति सिर्जना हुन पुगेको एमालेले बताएको छ । ‘नेकपा एमाले बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।