सुशान्त र अंकिताको जोडी फेरि दर्शकमाझ आउँदै

 भदौ १७, २०७५ आइतबार १२:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

टेलिभिजनका सुपरहिट जोडी सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे फेरि एकसाथ देखिने भएका छन् । झण्डै ६ वर्षसम्म लिभ इन रिलेशनसिपमा रहेको यो जोडी ब्रेकअप भएको केही वर्षपछि फेरि टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’ मा देखिने भएको हो । 

दर्शकको मागका कारण जी टीभिले ‘पवित्रा रिश्ता’ र ‘जोधा अकबर’लाई पुनः प्रसारण गर्ने निर्णय लिएको छ । यस च्यानलले सामाजिक संजालमार्फत यही सेप्टेम्बर ३ देखि दर्शकहरुको मागलाई ध्यानमा राख्दै ‘पवित्र रिश्ता’ र जोधा अकबर’ सोमबारदेखि शुक्रबार साँझ ४ बजे र ५ बजे पुनः प्रसारण गर्ने जानकारी दिएको छ । 

सन् २००९ देखि जी टीभी मार्फत सुरु भएको ‘पवित्र रिश्ता’  ५ वर्ष सम्म दर्शकहरु माझ लोकप्रिय भएको थियो । सुशान्त र अंकिता अभिनित ‘पवित्र रिश्ता’ फेरि प्रसारण हुने खबरले यो जोडीका प्रशंशक तथा दर्शकहरु यो जोडीलाई हेर्न उत्साहित भएका छन् । 

त्यस समयमा सुशान्त र अंकिताको जोडी टेलिभिजनका उत्कृष्ट जोडीहरु मध्यको एक थियो । तर ६ वर्षको लामो प्रेम सम्बन्धमा रहेका यि दुवै अहिले छुट्टिसकेका छन् । सुशान्त र अंकिताको विछोड पछि सुशान्तको नाम अभिनेत्री कृति सेननका साथ जोडियो भने अंकिता मुम्बईका व्यापारी विक्की जैनलाई डेट गरिरहेकी छिन् । 

सुशान्त सिंह राजपुत फिल्म ‘केदारनाथ’ मा सैफ अलि खानकी छोरी सारा अलि खानका साथ दर्शक माझ देखिनेछन् भने अंकिता लोखण्डे कंगना रनावतका साथ ‘मनिकर्णिकाः द क्वीन अफ झाँसी’ बाट बलिउड डेब्यूको तयारीमा छिन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया