मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीको अन्तरसङ्घर्षबाट पार्टीभित्रका दक्षिणपन्थी र विर्सजनवादीहरू अलग भएको टिप्पणी गर्नुभएको छ ।
आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य थापाले पार्टीको अन्तरसङ्घर्षका क्रममा पुँजीवादी धारा हाबी भएको उल्लेख गर्दै पुँजीवादी र दक्षिणपन्थीहरूको सहकार्यले पार्टीको तथा सरकारको नेतृत्वलाई अपदस्थ गर्न सफल भएको बताउनुभयो । उहाँले त्याे धारा पार्टीबाट अलग भएको पनि बताउनुभयो ।
स्थायी कमिटी सदस्य थापाले षड्यन्त्रपूर्वक कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको भन्दै आउँदा दिनमा एमालेले राजकीय सत्तामा आफूलाई पुनर्स्थापित गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले यहाँसम्म आइपुग्दा पार्टीभित्रको अन्तरसङ्घर्षमा पार्टीभित्रको दक्षिणपन्थी र विर्सजनवादी धारा पार्टीबाट अलग भएको छ र समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय प्राप्त गर्न सफल भएको छ । राजनीतिक सत्तामा षड्यन्त्रपूर्वक ढङ्गले अहिले कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको छ । तर हामीलाई विश्वास छ, यो एउटा षड्यन्त्र हो । एउटा यो राजनीतिक प्रतिगमन हो । यो एउटा प्रतिक्रान्ति हो । हामी यो प्रतिक्रान्तिलाई, यो पश्चगमनलाई परास्त गर्नेर्छौँ । नेकपा एमालेको नेतृत्वमा आउँदा दिनमा वर्ग सङ्घर्ष राजकीय सत्तामा, कम्युनिस्ट पार्टीको नेतृत्वलाई पुनर्स्थापित गर्ने दिशामा हामी अगाडि बढ्ने छौँ ।’
स्थायी कमिटी सदस्य थापाले नेकपा एमाले कम्युनिस्ट पार्टीको मात्र नभइ लोकतान्त्रिक र समाजवादी आन्दोलनको मूल प्रवाह भएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।