प्रेम, कमेडी र सस्पेन्समा आधारित चलचित्र ‘प्रेमनाथ’ बन्दै

 भदौ १७, २०७५ आइतबार १३:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गणेश बेल्वासेले निर्माण गर्न लागेको चलचित्र ‘प्रेमनाथ’को छायाँकन भदौ १८ देखि सुरु हुने पक्का भएको छ ।

बेल्वासेको यो दोस्रो चलचित्र हो । यसअघि उनले चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए । चलचित्रको छायाँकन नेपालका काठमाडौं, लुम्बिनी, दाङ, कालिकोट लगायत भारतका विभिन्न स्थानहरुमासमेत गरिने बताइएको छ ।

चलचित्रका निर्देशकसमेत रहेका बेल्वासेले बताए अनुसार २०७६जेठ दोस्रो हप्ताभित्र प्रदर्शनमा ल्याउने गरी काम भइरहेको छ । 

चलचित्र प्रेम, कमेडी र सस्पेन्समा आधारित भएर निर्माण गर्न लागिएको निर्देशक बेल्वासेले बताउनुभयो ।

कार्यकारी निर्माता कपिल प्रसाद द्वाको पहिलो चलचित्र ‘प्रेमनाथ’का सहनिर्माता बसन्तराज भट्ट हुन् । भुपु पाण्डे र एसडी योगीको संगीत रहने चलचित्रमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर सुन्न सकिन्छ ।

भरत क्षेत्रीको द्वन्द्व रहने चलचित्र ‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैंले लेखेका हुन् । चलचित्रमा नीर शाह, मोहन निरौला,शुरविर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, मोनालिसा बिष्ट, कीर्ति गौतम, पूजा रिमाललगायतको अभिनय रहने छ ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया