‘दीपकजी ले त मलाई नेपालको इमरान हाश्मी नै बनाइ सक्नु भयो नि !’

 भदौ १८, २०७५ सोमबार १०:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र  रामकाहानी यति बेला निकै चर्चामा छ । सुदर्शन थापा द्धारा निर्देशित चलचित्र यही भाद्र २२ गते बाट नेपालभर प्रदर्शनको तयारीमा छ । यसै सेरोफेरो रहेर हामीले चलचित्र काकलाकार जितु नेपाल सँग रामाइलो कुरा गरेकाकानी गरेका छौ ।

चलचित्र रामकाहानीमा अभिनय गर्नु भएको छ, चलचित्र रिलिजको समय पनि नजिकै आइसकेको छ ,कस्तो महसुस भइरहेको छ ?

खुशी नै छु , कता–कता डर पनि छ । तर राम्रो चलचित्रलाई दर्शकहरुले मन पाराउनु भएको छ र रामकाहानी ले पनि दर्शकको मन जित्नेमा ढुक्क छु ।

तपाईँ खास नयक कि हाँस्य कलाकार ?

मलाई हाँस्य कलाकारका रुपमा दर्शकले चिन्नुहुन्छ, छक्का पञ्जामा नायक कै भुमिकामा छु, रामकाहानीमा भिलेन छु त्यसैले म नायक र हाँस्यकलाकार भन्दा पनि एउटा राम्रो कलाकार भन्न रुचाउँछु ।

तापाईँ नायिकाहरु सँग धेरै लजाउनु हुन्छ रे ?

हाहा...हाहा..

अनि दीपक राज गिरीले त तपार्इँलाई नायिका हरु सँगै रोमान्स गर्न लगाउनु हुन्छ रे ?

हाहा...दिपकजी ले त मलाई नेपालको इम्रान हाश्मी नै बनाइ सक्नु भयो नि, ढुंगा लडाउने सिनमा  पनि मलाई नै, मकैको बोट भाच्ने मा पनि मलाई नै अनि भएन त नेपालको इम्रान हाश्मी ।

यसको मतलब दीपकजी छाडा मान्छे हो ?

दिपकजी आफू छाडा छैनन् तर अरुलाई छाडा बनाउँछन् । हाहा...

अब जाउँ राम काहानी तिर राम काहानीकी निर्मात्री तथा नायिकाका विषयमा तपार्इँको धारणा ?

उहाँ एक कुशल निर्माता हो, काममा हतार गर्नुहुन्न, बरु कसरी हुन्छ कलाकारलाई अलमलाएर भए पनि  ढिलै काम गरौँ तर राम्रो गरौँ भन्ने उहाँको धारणा छ । त्यससँगै उहाँ कुशल अभिनेत्री पनि हुनुहुन्छ । 

चलचित्रमा ढिलै भए पनि बक्स अफिस लागू भएको छ कत्तिको बक्स अफिसलाई घच्घच्याउँदै हुनुहुन्छ ?

अहिले त बक्सा छ अफिस छैन हाहा.., घच्घच्याएर मात्र के गर्नु काम हुने हैन, बक्स अफिस सबैमा लागू हुन सकेको छैन । निकिताजी ले पहलभने गरिनै रहनु भाको छ, यसमा सबै गम्भीर भएर लाग्न आवश्यक छ ।

खासमा यहाँहरुले छक्का पञ्जामा काम गरिरहँदा अन्य चलचित्रमा काम गर्न नपाइने भन्ने सम्झौता भएको थियो , तर फेरि तपाईँले रामकाहानीमा काम गर्नु भयो ।

त्यसो त दिपक दिपाले पनि त सत्रु गतेमा काम गर्नु भयो नि त । खासमा हामीले यो सम्झौता गरेकै हो । तर पनि सबैको सहमतिमा नै चलचित्रमा अभिनय गरेको हुँ ।

अब अर्को चलचित्रले फेरि पनि अभिनयका निम्ति अफर गर्यो भने ?

अब हामी हाम्रो सम्झौता अनुरुप नै अघि बढ्छौँ र आफ्नो चलचित्रलाई कसरी राम्रो बनाउने त्यसैमा ध्यान केन्द्रित गर्छौँ र सबैको सल्लाह अनुसार नै अघि बढ्छौँ । यसमा ए जितु नेपाल ठूलो भएछ भन्ने नकारात्मक सन्देश जान सक्छ तर त्यो हैन हाम्रो काम दर्शकलाई मनोरञ्जन दिने हो र अब हामी मनोरञ्जन आफ्नै व्यानरका चलचित्रबाट दिन्छौँ ।

एउटा चलचित्रलाई सफल बनाउन पत्रकारहरुको हात कत्तिको हुन्छ तपाईको विचारमा?

पत्रकारले चलचित्रका विषयमा दर्शकसम्म जानकारी गराउने हो र आफ्नो धारणा व्यक्त गर्ने हो तर चलचित्र सफल बनाउन कथा, पात्र, निर्देशकलगायत एउटा टिमको आवश्यकता हुन्छ ।

तपाईँ त जिरे खुर्सानी हाँस्य टेलिचलचित्रको सफल निर्देशक अब चलचित्र निर्देशनका विषयमा के छ सोच ?

टेलि चलचित्र र चलचित्र निर्देशनमा धेरै ठूलो अन्तर हुन्छ जिरे खुर्सानी सानो पर्दाको भयो भने चलचित्र ठूलो पर्दाको, टेलिचलचित्र कति दर्शकले हेर्नु हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ, दर्शकले हेरे पनि नहेरे पनि त्यसको नगद नारायण अन्तै बाट आउँछ, झन् अहिले त जुन सुकै बेला जहाँबाट हेर्न पनि सकिन्छ ।

तर चलचित्र भनेको कति सफल बनाउने दर्शककै हातमा हुन्छ । उहाँहरु हल सम्म गएर हेरिदिनु भयो भने बल्ल कमाई हुने हो । चलचित्र निर्माण गर्नु निकै ठूलो चुनौतीको कुरा हो र त्यसमा म अझै पनि तयार भइसकेको छैन ।

तापाईँहरुको व्यानरमा हरेक वर्ष चलचित्र हेर्न पाउनुहुन्छ दर्शकहरुले ?

हाम्रो प्रयास पनि त्यहि हो वर्षमा एउटा मात्र चलचित्र निर्माण गर्ने र त्यसलाई सफल बनाउने र त्यसमा हामी सक्षम छौँ, दिपकजी दिनरात त्यसमै खटिरहनु हुन्छ, दिपा दिदीको उत्तिकै मेहेनत छ, केदार म सबैले आ–आफ्नो स्थानबाट राम्रो प्रयास गर्ने हो र त्यसमा हामी कहिले पनि चुक्दैनौँ ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया