विवेक ओवेरोय, जसकाे बलिउड करियर सलमान खानसँगकाे विवादका कारण ध्वस्त भयो

 भदौ १८, २०७५ सोमबार १४:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘कम्पनी’ र ‘साथिया’ जस्ता फिल्मका अभिनेता विवेक ओवेरोय आज अर्थात् सेप्टेम्बर ३ मा ४२औं जन्मदिन मनाइरहेका छन् । 

विवेकका बारेमा कुरा गर्दा सलमान खानसँगको विवादको कुराविना अधुरो नै हुन्छ । सलमान खानसँगको विवादका कारण विवेकको बलिउड फिल्मी करियर बर्बाद भएको थियो । 

विवेक र सलमानबीचको विवादको मुख्य कारण अभिनेत्री ऐश्वर्या राय थिइन् । विवेकले एक पत्रकार सम्मेलन गरेर सलमान खानलाई कैयौं आरोप लगाएका थिए । विवेकले पत्रकार सम्मेलनमा सलमान खानसँगको विवादपछि आफूलाई रातारात फिल्म उद्योगबाट निकालिएको बताएका थिए । 

आफ्ना नजिकका साथीभाइलेसमेत साथ छोडेको र आफूले साइन गरिसकेका फिल्मका निर्माताहरु आएर आफूलाई दबाब रहेको भन्दै एडभान्स दिएको पैसा पनि मागेर लगेको बताएका थिए । 

बलिउड फिल्म उद्योगमा जम्न नसकेका विवेक दक्षिण भारतीय फिल्ममा भने धेरै पारिश्रमिक लिने अभिनेता मध्यका एक हुन् । यसबाहेक उनी व्यापार पनि गर्छन् । उनले भारतमा निर्माणी तथा हाउजिङ कम्पनी सञ्चालन गरेका छन् । 

उनले सन् २०१० मा प्रियंका अलवाका साथ विवाह गरेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् । 

यसकारण भएको थियो विवेक र सलमानबीच विवाद 

 एक जमानामा ऐश्वर्या राय र सलमान खान प्रेम सम्बन्धमा थिए । तर केही समयपछि यि दुवैको सम्बन्धमा खट्पट सुरु भयो । ऐश्वर्याले सलमानसँग दुरी बढाउन खोजिरहेकी थिइन् भने सलमान ऐश्वर्यालाई मनाउन लागिपरेका थिए । 

त्यही बेला ऐश्वर्या र सलमानको बीचमा विवेक ओवेरोय आए । सलमानसँग दुःखी भएकी ऐश्वर्यालाई विवेकले सहारा दिए । तर सलमानका कारण दुःखी ऐश्वर्यालाई सम्हाल्ने चक्करमा विवेकले आफ्नो करियरलाई नै ध्वस्त पारे । 

ऐश्वर्याको मायामा पागल भएका सलमानले जब विवेक ऐश्वर्याको सहारा बनिरहेको खबर थाहा पाए त्यसपछि उनले विवेकलाई फोन गरेर उनीमाथि खनिए ।  तर सलमानलाई थाहा थिएन कि विवेकले पत्रकार सम्मेलन नै गर्छन् भन्ने । 

यता विवेकले यही कुराकोे फाइदा उठाउँदै एकाएक पत्रकार सम्मेलन राखेर सलमानको पोल खोल्न थाले । उनले सलमानले आफुलाई ४१ पटक फोन गरेर धम्की दिएको बताए । साथै सलमान गरेको मिस्ड कल देखाउदै आफुलाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की आएको बताए । 

विवेकले सलमान रिसाहा सन्की र बूढो भइसकेको  जस्ता अनेकौं आरोप लगाउदै आफ्नो मनमा रहेकाे सबै तीताे पाेखे । 

विवेकले त्यस पत्रकार सम्मेलनमा खुल्लेआम सलमानलाई चुनाैती पनि दिए । सार्वजनिक रुपमा यसरी आफ्नो बेइज्जत हुनुले सलमानको भोक निन्द्रा नै उडाइदियो । सलमान रिसले आगो भए पनि तुरुन्तै कुनै प्रतिक्रिया जनाएनन् । 

तर विवेकको यस किसिमको हंगामाका कारण ऐश्वर्या रिसले आगो हुँदै विवेकमाथि नै खनिइन् । ऐश्वर्याले विवेकको त्यो काम गलत रहेको र उनले त्यसो गर्न नहुने बताएकी थिइन् ।

यस अघिसम्म ऐश्वर्यालाई आफूले गरेको कामले खुशी मिल्ने सोचेका विवेक ऐश्वर्याको व्यवहारले आत्तिन थाले । सलमानको पर्दाफास गर्दा ऐश्वर्याको साथ पाउने आशामा रहेका विवेकको आशा ठिक उल्टो भयो । 

त्यसबेलाका उदीयमान अभिनेता विवेकको बलिउड करिएर त्यस बेलादेखि बर्बाद भयो जब उनी केही व्यक्तिहरुबीच सलमानका बारेमा अपशब्द बोलिरहेका थिए र त्यहाँ भएका व्यक्तिहरुमध्ये एक जनाले विवेकले थाहा नपाउने गरी सलमानको फोन डायल गरेर सबै कुरा सलमानको कानसम्म पुर्‍याए । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया