विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ : पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ ।
बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्याे क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।
वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको छ । गएकाे आइतवार राति लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको वन कार्यालयले जनाएको छ ।
कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिव खोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदल मार्ग र खुला सवारीसाधनमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै त्याे क्षेत्र भएर हिँडडुल नगर्न वन कार्यालयको आग्रह छ ।
अहिले त्याे क्षेत्रमा रहेको राजमार्गमा हिँड्ने दुई पाङ्ग्रे सवारी धनी समूह बनाएर हिँड्न थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
अजै एस्तै जनमुखी खबरको साथमा देख्न पाईयोस म मलेसिय
Oct. 5, 2021, 7:47 p.m.सधै जनमुखी खबरको साथ