खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेकाे छ । आज सोमवार समूह 'ए' काे खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो ।
नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले ४० रन बनाउँदा पल स्ट्रर्लिङले अविजित ३० रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्रान्डन ग्लाेभर र पिटर सिलरले एक–एक विकेट लिए ।
यसअघि यूएईको आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै एक सय ६ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ५१ रन बनाए । आयरल्यान्डका कर्टिस क्याम्फरले ह्याट्रिकसहित चार विकेट लिए ।
यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । क्याम्फरले १० औँ ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा लगातार चार विकेट लिएका हुन्. । क्याम्फर टी–२० क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने तेस्रो बलर पनि बनेका छन् ।
विश्व कपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह 'ए' मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह 'बी' मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।