सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

 कात्तिक ४, २०७८ बिहीबार १४:५५:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई 'सम्भावित चमत्कार' बताउनुभएको छ ।

यो शल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट संशोधित दाता जनावर र एक ब्रेन डेड (मष्तिष्क मृत) रोगी सहभागी थिए । ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए ।

न्युयोर्क विश्वविद्यालय लेङ्गोनमा ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक रोबर्ट मोन्टगोमरीले एक साक्षात्कारमा एएफपीसँग भन्नुभयो, ‘मिर्गौलाले ठिक त्यसरी नै काम गर्यो जसरी गर्नुपर्ने थियो । मिर्गाैलाले फोहर हटायो र मूत्र बनायो ।’ झन्डै दुई घण्टासम्म चलेको शल्यक्रियामा डाक्टर रोबर्टलाई उहाँका अरू साथीले सहयोग गरेका थिए ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हाइनेक मर्जेन्टलले यो समाचार जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताउनुभएको छ । यसको पुष्टि भए यो अङ्ग प्रत्यारोपणको क्षेत्रमा एक ठूलो कदम हुने र यसले अङ्गको कमीलाई पूरा गर्न पनि मदत गर्ने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया