अभिषेक बच्चनले एेश्वर्याका अगाडि करिश्मा कपूरलाई नदेखे झैं गरेपछि..

 भदौ १९, २०७५ मंगलबार १९:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा सलमान खान र ऐश्वर्या रायबीचको ब्रेकअपको जति चर्चा भएको थियो त्यति नै चर्चा ऐश्वर्या रायका श्रीमान् अभिनेता अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपूरको इन्गेजमेन्ट तोडिएको खबरले पाएको थियो ।

इन्गेजमेन्ट टुटेपछि अभिषेक र करिश्मा दुवैले एकअर्कासँग भेटघाट र बोलचाल नै बन्द गरेका थिए ।  

हालै अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले क्लोदिङ्ग ब्राण्ड सुरु गरेकी छिन् । त्यसै ब्राण्डको शुभारम्भमा बच्चन परिवारका साथै बलिउडका कैयौं स्टार कलाकारहरु उपस्थित थिए । कार्यक्रममा करिश्मा कपूरलाई पनि आमन्त्रित गरिएको थियो । कार्यक्रममा करिश्मा कपूर कालो रंगको पोशाकमा सजिएर गएकी थिइन । 

कार्यक्रममा अभिषेक श्रीमती ऐश्वर्याका साथ उपस्थित भएका थिए । अभिषेक मिडिया सामु ऐश्वर्याका साथ पोज दिइरहेका थिए भने करिश्मा उनीहरुको नजिकै उभिएकी थिइन् । तर अभिषेकले करिश्मालाई देखेर पनि नदेखेझैं गरेर त्यहाँबाट हिंडे । 

त्यसैबेला एक्ली करिश्मालाई अभिषेककी दिदी श्वेताले साथ दिइन् । उनले करिश्माको हात थाम्दै मिडिया सामु फोटोशुट पनि गरिन् । तर करिश्मालाई यसरी साथ दिइरहेकी श्वेताले आफ्नै भाइबुहारी ऐश्वर्याको कुनै मतलब गरिनन् ।

यही कारण श्वेतालाई आफ्नै बुहारी ऐश्वर्याभन्दा गहिरो मित्रता करिश्मासँग भन्दै अहिले सामाजिक सञ्जालमा हाँसोको विषय बनेको छ । 

कार्यक्रममा करिश्माले शाहरुख खान, सञ्जय कपूर र चंकि पाण्डेका छोरीहरु क्रमश सुहाना खान, शनाया कपूर र अनन्या पाण्डेका साथ पोज दिइन् । कार्यक्रममा करिश्माबाहेक अमृता अरोरा, अथिया शेट्टी र कियारा आड्वाणी पनि उपस्थित थिए । साथै अमिताभ बच्चन र जया बच्चन रोयल अवतारमा उपस्थित भएका थिए । 


 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया