गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
पाँचथर – पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उहाँको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।
उहाँलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोजीको लागि तालिम प्राप्त कुकुर इलाका प्रहरी कार्यालय रबिमा आइपुगेको विश्वकर्माले जानकारी दिनुभयो । तालिम प्राप्त कुकुरको सहयोगमा आजदेखि बेपत्ताहरुको खोजी गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।