'भ्याक्स' बन्याे अक्सफाेर्ड शब्दकाेशकाे 'वर्ष शब्द'

 कात्तिक १५, २०७८ सोमबार १७:१५:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश (ओईडी) का सङ्कलकहरूले 'भ्याक्स' लाई वर्ष शब्दको रूपमा छनोट गरेको छ । 

कोभिडका कारण सन् २०२१ मा खोपसँग सम्बन्धित शब्दको प्रयोग बढेको जसमा 'डबल–भ्याक्स्ड', 'अन–भ्याक्स्ड' र 'एन्टी–भ्याक्सर' जस्ता शब्दहरूको प्रयोग पनि बढ्दा 'भ्याक्स' लाई वर्ष शब्दका रूपमा छानिएको ओईडीले जनाएको छ ।   

आईडीकी वरिष्ठ सम्पादक फियोना म्याकपर्सनले 'भ्याक्स' शब्दले सबैभन्दा प्रभाव पारेको हुनाले यो नै वर्ष शब्दका लागि स्पष्ट विकल्प भएको बताउनुभयो । 

‘यो शब्दको प्रयोग सन् १९८० ताका व्यापक प्रयोग भएको भए पनि गएको वर्षको अघिसम्म यसको प्रयोग त्यति व्यापक भएको थिएन’, उहाँले भन्नुभयो । 

महामारीका क्रममा यो शब्दको प्रयोग ५७ हजार प्रतिशतले बढेको छ । 

सन् २०२० मा कोलिन्सले 'लकडाउन' लाई वर्ष शब्दको रूपमा छनोट गरेको थियो भने अक्सफोर्ड ल्याङ्गवेजले एकभन्दा धेरै शब्द– 'लकडाउन', 'बुस फायर', 'कोभिड–१९', 'ब्ल्याक लिभ्स म्याटर', 'वर्क फ्रम होम', 'किवर्कर' र 'फलोह' लाई छनोट गरेको थियो । 

'भ्याक्स' शब्द सन् १७९९ मा पहिलो पटक अङ्ग्रेजीमा दर्ता भएको थियो भने यसका 'डेरिभेटिभ भ्याक्सिनेट' र 'भ्याक्सिनेशन' दुवै सन् १८०० मा आएको थियो । यी दुवै शब्द ल्याटिन भाषाको 'भाका' बाट आएको हो ।   

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया