च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विकासराज आचार्यद्वारा निर्मित चलचित्र ‘नाइँ नभन्नु ल ५’अहिले पनि देशभरका चलचित्र भवनहरुमा चलिरहेको छ । २०७५ सालमा राम्रो प्रदर्शन गर्ने पहिलो चलचित्र हो ‘नाइँ नभन्नु ल ५ ।’
नेपाल सरकारले आयोजना गरेको बिमस्टेक सम्मेलनको असरका बाबजुद चलचित्रले राम्रो व्यापार गरिसकेको छ । चलचित्रले राम्रो प्रदर्शन गरेपछि यसको छैँटौ सिक्वेल बन्ने कुराले चलचित्र बजारमा चर्चा पाएको थियो ।
तर चलचित्रका निर्देशक विकासराज आचार्य ‘नाइँ नभन्नु ल’ को छैँटौ सिक्वेललाई थाति राख्दै अर्कै चलचित्र निर्माणमा लागेका छन् । उनले निर्माण गर्न लागेको अर्को चलचित्रको नाम हो ‘हजार जुनीसम्म’।
गायक उदय सोताङको आवाजमा सजिएको गीत ‘हजार जुनीसम्म’मा नै आधारित रहेर चलचित्रको निर्माण गर्न लागिएको निर्देशक विकाशराज आचार्यले जानकारी दिए । चलचित्र‘हजार जुनी सम्म’का निम्ति मुख्य कलाकारको खोजी भैरहेको छ ।
निर्माण हुन लागेको चलचित्रका निम्ति संगीतमा झुकाव भएको व्यक्ति मुख्यकलाकार रहने छ । त्यस सँगै–‘आकर्षक जिउडाल, लुक्स र अभिनय गर्न सक्ने क्षमता भएको २२ देखि २५ वर्षसम्म उमेरको नयाँ नायकको खोजी भैरहेको निर्देशक आचार्यको भनाई छ ।
प्रेमकथामा आधारित चलचित्र ‘हजार जुनीसम्म’ मा ‘नाइँ नभन्नु ल ५’ मा अभिनित अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका बालकलाकारहरु भने नरहने बताइएको छ ।
विकासको यो चलचित्रमा नायिकाको रुपमा ‘नाइँ नभन्नु ल ५’ मा समेत अभिनय गरेकी स्वस्तिमा खड्काले काम गर्ने सम्भावना बढी छ । कलाकारको फाइनलपश्चात चाँडै छायांकनमा जाने तयारी भैरहेको निर्देशक विकासराज आचार्यले जानकारी दिए ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।