एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको आग्रह विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफ्नो लागि इजलास तोक्नुभएको छ ।
तिहार बिदापछि अदालत खुलेको पहिलो दिन उहाँले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको हो ।
बन्दी प्रत्यक्षीकरणको मुद्दाको लागि उहाँले आफू र अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । तर न्यायाधीशहरुले जबरा इजलासमा बस्न नहुने र आफूहरुले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने सर्त राखेका थिए ।
प्रधानन्यायाधीश जबरा इजलासमा बसे आफूहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत नहेर्ने न्यायाधीशहरुको अडान छ । तिहारअघि अघिल्लो हप्ता सोमवार प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोकी अरु न्यायाधीशहरुका लागि बन्दी प्रत्यक्षीकरणको निवेदनको मात्र पेसी तोक्नुभएको हो ।
भोलिपल्ट मङ्गलवार उहाँले बन्दी प्रत्यक्षीकरण बाहेक बैंकिङ्ग कसुरका निवेदन समेत पेसीमा राखेपछि अरु न्यायाधीशहरु इजलासमा गएका थिएनन्। तिहार बिदा सुरु हुनु अघिल्लो दिन बुधवार भने प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका निवेदनको मात्रै पेसी तोक्नुभएको थियो ।
आज फेरि उहाँले आफूलाई समेत इजलास तोकेपछि अरु न्यायाधीश इजलासमा बस्ने सम्भावना कम छ । यस्तै प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले दोस्रो चरणको आन्दोलनको तयारी थालेको छ ।
केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।