श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज साेमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभयो ।
जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभयो । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवम् प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा खट्ने सेनापति शर्माको भनाइ छ ।
यस्तै यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियाे हुने नेपाली सेनाको विश्वास रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
P.P tamu
Nov. 8, 2021, 6:33 p.m.जरि खोप र सामग्री दिय पनि, हामी जस्ता सर्ब साधरन जन्ता लाई अझै कुनै खोप को अर्तो-पत्तो छैन र हुदैन नेपाल मा । जस्को पहुच र लिन्क छ, उस्लाइ मात्रै सबै चिज ! खत्तम छ ।