युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव सं...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत आग्रह गरेको छ ।
नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत अनुरोध गर्नुभएको हो । आज मङ्गलवार सर्वोच्च अदालत परिसरमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोण सभामा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीवारदेखि काठमाण्डाै उपत्यकाभित्रको सबै अदालतमा दुई घण्टा इजलास नबस्ने घोषणा गर्नुभयो । उहाँले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाण्डाै उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले बारले आह्वान गरेअनुसार त्याे इजलासमा नबस्न न्यायाधीशहरू, अदालतका कर्मचारीहरूलाई पनि आग्रह गर्नुभयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनीसमेत दिनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूखुसी पेसी तोक्ने काम गरेको छ । न न्यायाधीशको विश्वास जित्न सकेको छ, न बारको विश्वास लिन सकेको छ । उनले आफ्नो सुरक्षाका लागि मिडियामा गएर मेरो फैसला ठिक छ, म संवैधानिक परिषदमा लाप्चे लगाउने गएको होइन, मैले भाग लिनकै लागि गएको हो भन्ने जाे कुरा गर्नुभएको छ, त्यसले न्यायपालिकालाई ठिक ठाउँमा राखेको छैन । न्यायपालिकालाई ठिक ठाउँमा राख्नका लागि तपाईँ मिडियाका साथीहरूले पनि त्यहीँ ढङ्गबाट नै अहिलेको आवाज, जुन जनआवाज हो, कानुन व्यवसायीहरूको मात्रै आवाज होइन ।’
सेवाग्राहीहरूलाई पनि अनुराेध गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘वर्षौँदेखि तपाईँहरू बिचौलियाबाट ध्वस्त हुुनुहुन्छ, यो बिचौलियालाई तोड्नका लागि बिचौलियाका जड, बिचौलियाका नाइके चोलेन्द्रशम्शेर जबरालाई हटाउनका लागि तपाईँ सेवाग्राहीहरूको पनि हामीलाई साथ चाहिएको छ । आजसम्म हामीले एक घण्टाको धर्ना कार्यक्रम गरेका छौँ । यतिमात्रै नभइकन अब हामी हिजोको निर्णयअनुसार पर्सिदेखि उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरण सम्पूर्ण रूपमा १० बजेदेखि १२ बजेसम्म दुई घण्टा इजलास नबस्ने निर्णय गरेका छौँ । त्याे समयसम्म बेन्चमा नबसी दिनका लागि म न्यायाधीशज्यूहरू, अदालतका कर्मचारीहरूलाई अपिल गर्दछु । सेवाग्राहीहरूलाई पनि त्याे समयमा आफ्नो मुद्दा रोकिदिनका लागि नेपाल बार एसाेसिएशनले अनुरोध गरेको छ । उपत्यकाबाहिरका कानुन व्यवसायीहरूले पनि सम्बन्धित जिल्लाका अदालतहरूमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्नुहुनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dinesh Ghimire
Nov. 9, 2021, 2:44 p.m.चोलेन्द्रशमसेरलाई किन हटाउनु पर्ने हो? स्पष्ट बुँदागत तथ्य दिनुपर्यो नि! राजनीतिरुपमा, पार्टिगतरुपमा कुरा भको हो कि? होइन भने एउटा निश्चित विधि, प्रक्रिया पूरा गरेर आएको कर्नचारीलाई कोही कसैले आन्दोलन गरेर, राजिनामा दे भनेका भरमा कसैले छोडेर हिँड्दैन, हिँड्नु पनि हुँदैन! सके महाअभियोग लगाएरै हटाए भे गो नि! उपाय त्यहि छ क्यारे!