प्रदूषणका कारण भारतकाे उत्तरी राज्यमा श्वास  फेर्न कठिन

 कात्तिक २४, २०७८ बुधबार ६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतकाे उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ ।

भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् ।

बढ्दो चिसो र वायु प्रदूषणले श्वास फेर्न गाह्राे हुने गरेको उनीहरुको भनाइ छ । तापक्रम घट्नु, हावाको गति कम हुनु तथा पटका पड्काउने र पराल बाल्ने क्रम बढ्नु जस्ता कारणले यो दुई महिनामा दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र बङ्गालको वायु निकै दूषित हुने भारतीय सञ्चारमाध्यमले  जनाएका छन्  ।

विज्ञहरूका अनुसार पटकासँगै भारतका विभिन्न ठाउँमा अन्नबालीका झार तथा पराल पोलेर निस्किने धुवाँले वायु थप प्रदूषित बन्दै गएको  छ । हरियाणा र पञ्जाब राज्यमा किसानले हरेक वर्ष अन्नबाली भित्र्याएपछि खेतमा ठुटा र खोस्टामा आगो लगाउने गरेका छन् ।  

यस्तै, दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ । त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धुवाँलगायत अन्य कारणले पनि प्रदूषण बढाएको छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया