ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि

 कात्तिक २४, २०७८ बुधबार ९:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ३८० वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ ।

राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको नाच विगतका केही वर्षहरुमा २७ दिनसम्म देखाइएको भएता पनि यसवर्ष बजेट अभाव, कोरोना भाइरस सङ्क्रमणका कारण नाच तयारी एवम् अभ्यासको लागि पर्याप्त समय अभावका कारण ८ दिन मात्र सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

गएको वर्ष कोरोना सङ्क्रमणका कारण दर्शकविना दुई दिनमात्र नाच सञ्चालन गरिएको थियो । आउँदो मंसिर १ गतेसम्म मङ्गलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् ।

विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ । आज सुदामा नाच देखाएर सुरु हुने कात्तिक नाच मंसिर १ गते नृसिंह अवतार देखाएर समापन गरिनेछ।

यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ल लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ । नेपाल संवत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपालि ३८१ वर्ष पुगेको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया