महाधिवेशनकाे कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : नेता सिटाैला

 कात्तिक २४, २०७८ बुधबार १६:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । 

आज बुधवार काठमाण्डाैकाे शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई एकताबद्ध बनाएर, देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामनासमेत गर्नुभयो । 

नेता सिटौलाले भन्नुभयो, ‘२७ गतेदेखि बाँकी रहेका वडा अधिवेशन सम्पन्न गरेर मङ्सिरकाे २७ गते पार्टीका केन्द्रीय पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर । तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीका रूपमा नेपाली कांग्रेसलाई उर्तानुछ । यसका लागि तपाईँ सम्पूर्ण साथीहरूलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।’  

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै नागरिकमा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया