एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)

 कात्तिक २४, २०७८ बुधबार १८:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको छ ।

आज बुधवार एक विज्ञप्तिमार्फत नेता गौतमले एमसीसी फिर्ता लैजानु श्रेयस्कर भएको बताउनुभएको हो । एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशङ्का व्यक्त गरिरहेका भन्दै उहाँले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको हो ।

‘यो सम्झौताले नेपालका छिमेकी देशहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शङ्का व्यक्त भइरहेको देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको छ’, नेता गाैतमले विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ । 

नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताउनुभएको छ ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र यस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएकाे छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया