इन्धनको बढेको मूल्य फिर्ता लिन चाैतर्फी माग : निगम भन्छ– ‘फिर्ता हुँदैन’

 कात्तिक २६, २०७८ शुक्रबार १७:८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्धनको बढेको मूल्य फिर्ता लिन उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन र यातायात व्यवसायीले माग गरेका छन् ।

आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पटक–पटक भइरहेको इन्धनको मूल्य वृद्धिले नागरिक ठूलो मारमा परेको बताउनुभयो । उहाँले उपभोक्ताको चुलो निभ्ने अवस्था रहेको भन्दै इन्धनमा भएको मूल्य वृद्धि फिर्ता लिन माग गर्नुभयो ।

यस्तै सत्तारुढ दल कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसङ्घ) का महामन्त्री बलदेव तिमल्सिना, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुदेश पराजुली, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव समिक बडाललगायतले आफूहरूको एकसूत्रीय माग मूल्य वृद्धि फिर्ता गर्नु रहेको र नभए आन्दोलन निरन्तर रहने बताएका छन् ।

त्यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले तत्काल मूल्य वृद्धि फिर्ता नभए सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिनुभएको छ । निगमले गरेको मूल्य वृद्धि फिर्ता नभए यातायातको पनि भाडा बढाउन बाध्य हुने उहाँको भनाइ छ ।

यद्यपि आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्य वृद्धि फिर्ता लिन नसकिने बताउनुभयो । उहाँले मूल्य वृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर बढाउनुपरेको बताउनुभएको छ ।  

पछिल्लाे पटक निगमले पेट्राेल, डिजल/मट्टीतेलमा प्रति लिटर तीन/तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएकाे छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया