खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँग आज दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । खेल दिउँसो पौने चार बजे दोहामा रहेको वेस्ट इण्ड पार्क स्टेडियममा हुनेछ ।
नेपाल कतारमाथि एक खेल अगावै श्रृङ्खला जित्न चाहन्छ । हिजो पहिलो खेलमा कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने योजनामा छ । श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ । कतारसँग भोलि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वाण्टी विश्वकपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।