म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – आलु सदाबहार तरकारी मानिन्छ । भान्सामा आलु प्राःय छुट्दैन । जुनसुकै तरकारीमा पनि सहजै मिल्ने अनि विभिन्न परिकारहरु बनाएर पनि खान सकिने आलु नगदेबाली हो ।
जाडोयाम लागेसँगै तराई तथा पहाडी क्षेत्रका किसानले आलु रोप्न थालेका छन् । काठमाडौं उपत्यका, तराई र पहाडी क्षेत्रमा जाडोयाम लागेसँगै आलुखेतीको सिजन सुरु हुन्छ । छोटो समयमा तयार हुने र थोरै जग्गाबाट पनि अरु बालीको तुलनामा उत्पादन बढी लिन सकिने भएकाले धेरै जसो किसानले आलुखेती गर्दै आएका छन् । आलु उत्पादन गर्नेहरु बढ्दै गएपनि अझै पनि नेपाल आलुमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यान्नमा सबैभन्दा धेरै धान/चामल र तरकारीमा आलु आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब भन्दा धेरैको आलु आयात भएको छ ।
यसपाली बेमौसमी वर्षाले धेरै किसानको धानबालीमा क्षति भयो । जमिन भिजेर चिस्सै छ । धानबालीमा क्षति भए पनि अब आलुखेती गरी आम्दानी लिन सकिन्छ । आलुखेती गरी उत्पादन धेरै लिन मुख्यतः आलु रोप्नु अगाडि बिउ छनोट र जग्गाको व्यवस्थापनमा ध्यान दिन कृषि विज्ञको सुझाव छ । नेपालमा १६ वटा आलुका जात सिफारिस भएका छन् । आफ्नो क्षेत्रमा सिफारिस भएका जात, मझौला दाना तथा टुसा परेका तर नचाउरिएका दाना ड्याङ्ग बनाएर रोप्न राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ वैज्ञानिक प्रकाश भट्टराईको सुझाव छ । आलु बुरबुराउँदो र हल्का तथा मलिलो माटोमा धेरै फल्छ । आलुका लागि चिसो मौसम र तापक्रम १५ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ ।
यसपाली कात्तिकको सुरुवातमा पानी धेरै परेकाले माटोमा चिस्यान रहेकाले यो बेलामा धेरै सिँचाइ नचाहिँने वरिष्ठ वैज्ञानिक भट्टराईले बताउनुभयो । नेपालको तराई तथा भित्रि मधेशको लागि कुफ्रिसिन्दुरी, आईपीवाई–८ सिफारिस गरिएका जात रहेका छन् । तर खुमल रातो–२ सहित अरु स्थानीय जात पनि लगाउने गरिएको छ । मध्य पहाडी क्षेत्रमा डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी लगाउन सकिन्छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी, खुमल उज्वललगायत रहेका छन् । आलु रोप्नु भन्दा १५÷२० दिन अगाडि नै बीउको व्यवस्था गरी राम्ररी टुसा उम्रेपछि रोप्न उहाँको सुझाव छ ।
अहिले लगाएको आलुमा पछि विभिन्न रोग किरा देखिन सक्ने भएकाले बिउ छनोटमा ध्यान दिनुपर्ने हुन्छ । रातो कमिला लाग्न नदिन पाकेको अर्थात् राम्ररी कुहिएको गोबर मल प्रयोग गर्न, चिस्यानको मात्रा कायम राख्न तथा आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो जस्ता वनस्पतिमा गाईको गहुँतमा पानीको मात्रा मिलाएर माटोमा छर्न सकिन्छ । साथै वर्षेनी एउटै बीउ प्रयोग नगर्न, काटेर नरोप्न पनि राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक भट्टराईको सुझाव छ ।
काटेको आलुमा जीवाणु तथा विषाणु सजिलै सर्न सक्ने हुन्छ । आलुमा लाग्ने मुख्य रोग रातो कमिलो, डढुवा, खुम्रे किरा, फेद कुहिने हुन् । नगदेबाली आलु तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा तरकारी तथा उच्च पहाडी क्षेत्रमा तरकारीका साथै खाद्यान्नका रुपमा प्रयोग गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।