च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा –३’मा समावेश ‘पहिलो नम्बरमा’बोलको गीतले एक करोड भ्यूज पूरा गरेको छ ।
गीतले एक करोड भ्यूज पूरा गरेको अवसरमा आज काठमाडौंको बानेश्वरमा रहेको रेडियो अडियोको कार्यलयमा केक काटेर सेलिब्रेसन नै गरियो । गीतको भिडियोले एक करोड भ्यूज पूरा गरेको साथै गीतका संगीतकार दीपक शर्माको जन्मदिन समेत परेको अवसरमा केक काटिएको हो ।
युट्यूबमा रिलिज भएको छोटो समय भित्रमा नै चलचित्रको यो गीतलाई सर्वाधिक रुचाइएको छ । पछिल्लो समय यो गीत बच्च देखि वृद्धसम्मको मुखमुखमा झुण्डिएको छ । विभिन्न ठाँउमा हुने पार्टी, विवाहलगायत विभिन्न कार्यक्रममा समेत यसै गीतले प्राथमिकता पाउने गरेको छ ।
दीपक शर्माको संगीतमा तयार भएको यो गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला, साहित्यकार तथा गीतका रचनाकार राजेन्द्र थापा, गायक डेभिड शंकरलगायतको उपस्थिति रहेको थियो ।
चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले छोटो समयमा नै गीतलाई दर्शकले माया दिनुभएकोमा धन्यवाद व्यक्त गरे । चलचित्र मौलिक कथावस्तुमा आधारित रहेको र अघिल्ला चलचित्रहरु भन्दा केही फरक गर्ने प्रयास गरिएको बताए ।
हामीलाई सबैको साथ र सहयोग प्राप्तभएको छ । यही साथ र सहयोगका कारण गीतले सफलता प्राप्त गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाको भनाई थियो । उनले अघिल्ला चलचित्रहरुमा जस्तै यस चलचित्रले पनि दर्शकको मन जित्नेमा ढुक्क रहेको बताइन् । चलचित्रको दोश्रो गीत पनि चाडै नै सार्वजनिक गर्ने तयारी गरिएको निर्माण पक्षले बताएको छ । यो चलचित्र दसैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।